कम्पनी अद्यावधिक
लोकप्रिय
एकल शेयरधनी
प्रारम्भिक (३ महिने) अद्यावधिक — एकल शेयरधनी
Initial (3-Month) Update — Single Shareholder
दर्ता भएको तीन महिनाभित्र पेस गर्नुपर्ने प्रारम्भिक विवरण, एकल शेयरधनी कम्पनीका लागि।
शेयरधनी प्रकार
तपाईंको कम्पनीमा दुई वा बढी शेयरधनी हुनुहुन्छ भने यो होइन — प्रारम्भिक (३ महिने) अद्यावधिक — बहुल शेयरधनी
यो सेवा कसका लागि
तपाईंको एकल शेयरधनी कम्पनी भर्खरै दर्ता भएको छ र तीन महिनाभित्र पेस गर्नुपर्ने प्रारम्भिक विवरण तयार गर्नुपर्नेछ।
यसमा के-के समावेश छ
- प्रारम्भिक सञ्चालक बैठकको माइन्युट
- रजिष्ट्रारको कार्यालयमा पेस गर्ने निवेदन
- लेखापरीक्षक नियुक्तिको जानकारी
- दफा १८४ बमोजिम दर्ता ठेगानाको जानकारी
- दफा ९२ बमोजिम सञ्चालकको विवरण
तपाईंले दिनुपर्ने विवरण
- कम्पनीको नाम, दर्ता नम्बर र दर्ता मिति
- स्थायी लेखा नम्बर (PAN)
- नियुक्त लेखापरीक्षकको नाम र दर्ता नम्बर
- कम्पनीको वास्तविक कार्यालय ठेगाना
तपाईंले पाउनुहुने
- सबै कागजात Word र PDF मा
- पेस गर्ने क्रम देखाइएको छोटो सूची
महत्त्वपूर्ण जानकारी
- यो अद्यावधिक दर्ता भएको तीन महिनाभित्र पेस गर्नुपर्ने हुन्छ। म्याद नाघे जरिवाना लाग्न सक्छ।
- लेखापरीक्षक नियुक्त भइसकेको हुनुपर्छ। नियुक्त नभएको भए पहिले त्यो टुंग्याउनुहोस्।
यस सेवाबारे प्रश्नोत्तर
प्रारम्भिक र वार्षिक अद्यावधिक फरक हो?
फरक हो। प्रारम्भिक अद्यावधिक दर्ता भएको तीन महिनाभित्र एक पटक गरिन्छ। वार्षिक अद्यावधिक हरेक आर्थिक वर्षपछि गरिन्छ। दुवैका कागजात फरक हुन्छन्।
सम्बन्धित सेवाहरू
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer