सेवाका शर्तहरू
सेवाको दायरा
कागज सेवाले सेवाग्राहीले उपलब्ध गराएको विवरणका आधारमा कागजात तयार गर्छ। हामी कानुनी सल्लाह दिँदैनौं, कुनै सरकारी निकायमा प्रतिनिधित्व गर्दैनौं र सेवाग्राहीको तर्फबाट कागजात पेस गर्दैनौं।
सेवाग्राहीको जिम्मेवारी
- उपलब्ध गराइएको विवरण सही र पूर्ण हुनुपर्छ
- तयार भएको कागजात पेस गर्नुअघि जाँच्ने जिम्मेवारी सेवाग्राहीको हो
- हस्ताक्षर, छाप र सम्बन्धित कार्यालयमा पेस गर्ने काम सेवाग्राहीले गर्नुपर्छ
- सरकारी दस्तुर, जरिवाना र कर सेवाग्राहीले सिधै तिर्नुपर्छ
भुक्तानी
कागजात उपलब्ध गराएपछि eSewa, Khalti वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गरिन्छ। मूल्य कागजात तयारीबापतको मात्र हो।
सीमितता
सरकारी कार्यालयले कागजात स्वीकृत गर्ने वा नगर्ने, नाम दर्ता गर्ने वा नगर्ने निर्णय पूर्णतः सम्बन्धित कार्यालयको अधिकार क्षेत्रभित्र पर्छ। कागज सेवाले कुनै सरकारी स्वीकृतिको ग्यारेन्टी दिँदैन। सेवाग्राहीले दिएको गलत वा अपूर्ण विवरणका कारण हुने परिणामको जिम्मेवारी कागज सेवाले लिँदैन।
परिवर्तन
यी शर्तहरू समय-समयमा परिमार्जन हुन सक्छन्। परिमार्जित शर्त यसै पृष्ठमा प्रकाशित हुनेछ।
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer