KagajSewa कागज सेवा
कम्पनी दर्ता लोकप्रिय एकल शेयरधनी

एकल शेयरधनी कम्पनी दर्ता

Single Shareholder Company Registration

एक जना मात्र शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी दर्ताका लागि आवश्यक सम्पूर्ण कागजात।

शेयरधनी प्रकार

तपाईंको कम्पनीमा दुई वा बढी शेयरधनी हुनुहुन्छ भने यो होइन — बहुल शेयरधनी कम्पनी दर्ता

यो सेवा कसका लागि

तपाईं आफैं एक्लै कम्पनी खोल्दै हुनुहुन्छ र कम्पनीको सम्पूर्ण शेयर तपाईंकै नाममा रहन्छ भने यो सेवा तपाईंका लागि हो।

यसमा के-के समावेश छ

  • प्रबन्धपत्र (MOA) — तपाईंको व्यवसायको उद्देश्य अनुसार लेखिएको
  • नियमावली (AOA) — एकल शेयरधनी संरचनाअनुसार
  • CAMIS मा पेस गर्ने कम्पनी दर्ता निवेदन
  • शेयर बाँडफाँडको विवरण
  • दर्तापछिको पहिलो सञ्चालक निर्णय (माइन्युट)

तपाईंले दिनुपर्ने विवरण

  • प्रस्तावित कम्पनीको नाम (३ वटा विकल्प भए राम्रो)
  • व्यवसायको मुख्य उद्देश्य — के काम गर्ने हो
  • शेयरधनीको नागरिकता प्रतिलिपि, ठेगाना र सम्पर्क नम्बर
  • अधिकृत तथा जारी पूँजी कति राख्ने
  • कम्पनीको दर्ता ठेगाना (प्रदेश, पालिका, वडा)

तपाईंले पाउनुहुने

  • सम्पादन गर्न मिल्ने Word फाइल
  • छाप्न तयार PDF
  • कुन कागजात कहाँ पेस गर्ने भन्ने छोटो सूची

महत्त्वपूर्ण जानकारी

  • यो मूल्यमा कम्पनी रजिष्ट्रारको कार्यालयमा तिर्नुपर्ने सरकारी दस्तुर समावेश छैन। सरकारी दस्तुर अधिकृत पूँजीअनुसार फरक पर्छ र तपाईंले सिधै कार्यालयमा तिर्नुहुन्छ।
  • नाम आरक्षण (name reservation) तपाईंले CAMIS मा आफैं गर्नुपर्छ। कुन नाम स्वीकृत हुन्छ भन्ने कार्यालयले तय गर्छ।
  • केही व्यवसायलाई थप स्वीकृति वा इजाजतपत्र चाहिन सक्छ — त्यस्तो अवस्थामा हामी अगाडि नै जानकारी गराउँछौं।

यस सेवाबारे प्रश्नोत्तर

एक जनाले मात्र कम्पनी दर्ता गर्न मिल्छ?

मिल्छ। नेपालमा एक जना शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी दर्ता गर्न सकिन्छ। नियमावली र माइन्युटको ढाँचा भने बहुल शेयरधनी कम्पनीभन्दा फरक हुन्छ, त्यसैले यी दुई सेवा छुट्टाछुट्टै राखिएका छन्।

पछि अर्को शेयरधनी थप्न मिल्छ?

मिल्छ। पछि शेयर नामसारी वा पूँजी संरचना परिवर्तन गरेर बहुल शेयरधनी कम्पनीमा जान सकिन्छ। त्यसका लागि छुट्टै कागजात चाहिन्छ र हामीले त्यो पनि तयार गरिदिन्छौं।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्