KagajSewa कागज सेवा

फिर्ता नीति

कहिले फिर्ता हुन्छ

  • हामीले तयार पारेको कागजात ढाँचा वा लेखाइको त्रुटिका कारण कार्यालयबाट फिर्ता भएमा — नि:शुल्क सच्याउँछौं र सेवा शुल्क पूरै फिर्ता गर्छौं
  • तपाईंले दिनुभएको विवरण सही हुँदाहुँदै हामीले गलत कागजात तयार पारेमा
  • काम सुरु हुनुअघि नै तपाईंले रद्द गर्नुभएमा

कहिले फिर्ता हुँदैन

  • कार्यालयले नाम अस्वीकृत गरेमा वा थप कागजात मागेमा — यो हाम्रो नियन्त्रणबाहिरको विषय हो, तर आवश्यक परिमार्जन नि:शुल्क गरिदिन्छौं
  • तपाईंले दिनुभएको विवरण गलत वा अपूर्ण भएका कारण कागजात फिर्ता भएमा — सच्याउने काम भने गरिदिन्छौं
  • सरकारी दस्तुर, जरिवाना वा कर — ती हामीले लिएकै हुँदैनौं
  • कागजात बुझाइसकेपछि तपाईंले विचार बदल्नुभएमा

कसरी माग्ने

जुन माध्यमबाट अर्डर गर्नुभएको थियो त्यही माध्यमबाट सम्पर्क गर्नुहोस्। के भयो भन्ने बताउनुहोस् र कार्यालयले फिर्ता गरेको भए त्यसको कारण देखिने प्रमाण भए पठाउनुहोस्। फिर्ता स्वीकृत भएमा उही माध्यमबाट रकम फिर्ता गरिन्छ।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्