KagajSewa कागज सेवा

गाइड

कम्पनीको वार्षिक अद्यावधिक कसरी गर्ने?

अन्तिम अद्यावधिक: 2026-09-04 सम्बन्धित सरकारी स्रोत: कम्पनी रजिष्ट्रारको कार्यालय (OCR), CAMIS पोर्टल

दर्ता भएको हरेक कम्पनीले प्रत्येक आर्थिक वर्षपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा अद्यावधिक विवरण पेस गर्नुपर्छ। कारोबार भएन भन्दैमा छुट हुँदैन।

चाहिने कागजात

  • सञ्चालक समितिको बैठकको माइन्युट
  • वार्षिक साधारण सभाको माइन्युट
  • दफा ५१ बमोजिम शेयर, ऋणपत्र र ऋणको लगत
  • दफा ९२ बमोजिम सञ्चालकको विवरण
  • लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरण
  • रजिष्ट्रारको कार्यालयमा पेस गर्ने निवेदन

क्रम

  1. लेखापरीक्षणलेखापरीक्षकबाट वार्षिक हिसाब र प्रतिवेदन तयार गराउनुहोस्।
  2. सञ्चालक बैठकहिसाब स्वीकृत गरी साधारण सभा बोलाउने निर्णय गर्नुहोस्।
  3. साधारण सभाहिसाब पारित गर्नुहोस्, लेखापरीक्षक नियुक्त वा पुनर्नियुक्त गर्नुहोस्।
  4. कागजात तयारमाइन्युट, दफा ५१ र दफा ९२ का विवरण तयार गर्नुहोस्।
  5. CAMIS मा पेसकागजात अपलोड गरी निवेदन दर्ता गर्नुहोस्।

ढिलो भए के हुन्छ?

म्याद नाघेमा जरिवाना लाग्छ र ढिलाइ बढ्दै गएपछि रकम पनि बढ्दै जान्छ। लामो समय अद्यावधिक नगरेको कम्पनीलाई बैंक कर्जा, ठेक्का र नवीकरणमा समस्या पर्छ। जरिवानाको दर कार्यालयले तोक्छ र समय-समयमा फेरिन्छ, त्यसैले हालको दर CAMIS मा वा कार्यालयमा सोधेर पक्का गर्नुहोस्।

ध्यान दिनुहोस्

सरकारी प्रक्रिया, दस्तुर र म्याद समय-समयमा परिवर्तन हुन्छन्। यो गाइड माथि उल्लेखित मितिमा अद्यावधिक गरिएको हो। निर्णय गर्नुअघि सम्बन्धित कार्यालय वा आफ्नो लेखापरीक्षकसँग हालको अवस्था पक्का गर्नुहोस्। यो कानुनी सल्लाह होइन।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्