प्रश्नोत्तर
बारम्बार सोधिने प्रश्न
तपाईंको प्रश्न यहाँ छैन भने सोध्नुहोस् — जवाफ नि:शुल्क छ।
कम्पनी दर्ता गर्न कति समय लाग्छ?
हामीबाट कागजात सामान्यतया १–२ कार्यदिनमा तयार हुन्छ। कार्यालयमा दर्ता हुन कति लाग्छ भन्ने कागजात पूरा भए-नभएको, नाम स्वीकृत भए-नभएको र कार्यालयको चापमा भर पर्छ।
एकल र बहुल शेयरधनी कम्पनीमा के फरक छ?
एकल शेयरधनी कम्पनीमा सम्पूर्ण शेयर एकै व्यक्तिको हुन्छ। बहुल शेयरधनी कम्पनीमा शेयर धेरै जनाबीच बाँडिएको हुन्छ। यसले नियमावली, साधारण सभाको माइन्युट, गणपूरक संख्या र दफा ५१–९२ का विवरणलाई फरक पार्छ। त्यसैले हामीले धेरै सेवामा यी दुई विकल्प छुट्टै राखेका छौं।
कम्पनी दर्ताका लागि कुन कागजात चाहिन्छ?
हस्ताक्षरित प्रबन्धपत्र र नियमावली, सबै शेयरधनीको नागरिकता प्रतिलिपि र फोटो, दर्ता ठेगानाको प्रमाण, CAMIS दर्ता निवेदन र दस्तुर भुक्तानीको रसिद। तपाईंको व्यवसायको प्रकृतिअनुसार थप स्वीकृति चाहिन सक्छ।
MOA र AOA के हुन्?
प्रबन्धपत्र (MOA) ले कम्पनीको नाम, उद्देश्य, पूँजी र शेयरधनी तोक्छ — कम्पनी बाहिरी संसारसामु के हो भन्ने बताउँछ। नियमावली (AOA) ले कम्पनी भित्री रूपमा कसरी चल्छ भन्ने नियम राख्छ — सभा, सञ्चालक, शेयर नामसारी र लेखापरीक्षक सम्बन्धी व्यवस्था।
कम्पनी अद्यावधिक गर्न के चाहिन्छ?
सञ्चालक बैठक र साधारण सभाका माइन्युट, दफा ५१ बमोजिमको शेयर–ऋण लगत, दफा ९२ बमोजिमको सञ्चालक विवरण, लेखापरीक्षण प्रतिवेदन र कार्यालयमा पेस गर्ने निवेदन। लेखापरीक्षण प्रतिवेदन तपाईंको लेखापरीक्षकबाट आउँछ — बाँकी हामी तयार गर्छौं।
शेयर नामसारी गर्न के कागजात चाहिन्छ?
नामसारी लिखत, विशेष साधारण सभाको माइन्युट, लगानी प्रमाणपत्र, कार्यालयमा पेस गर्ने निवेदन र अद्यावधिक शेयर लगत। मृत्युपछिको नामसारी भए मृत्यु दर्ता प्रमाणपत्र र नाता प्रमाणित पनि चाहिन्छ।
कागजात Word फाइलमा पाइन्छ? PDF पनि?
दुवै पाइन्छ, सधैं। Word फाइल सम्पादन गर्न मिल्छ — नाम, मिति वा बुँदा आफैं मिलाउन सक्नुहुन्छ। PDF छाप्न तयार हुन्छ।
भुक्तानी कसरी गर्ने?
कागजात हेरेर चित्त बुझेपछि eSewa, Khalti वा बैंक ट्रान्सफरबाट। यो वेबसाइटमा अहिले अनलाइन भुक्तानी छैन — तपाईं सम्पर्क गर्नुहोस्, हामी काम पठाउँछौं, त्यसपछि भुक्तानी।
सरकारी शुल्क मूल्यमा समावेश छ?
छैन। हाम्रो शुल्क कागजात तयार गरेबापतको मात्र हो। कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय वा वडा कार्यालयमा तिर्नुपर्ने दस्तुर, जरिवाना र कर तपाईंले सिधै ती कार्यालयमा तिर्नुहुन्छ।
कागजात अस्वीकृत भए के हुन्छ?
ढाँचा वा लेखाइको त्रुटिका कारण फिर्ता भएमा नि:शुल्क सच्याउँछौं र हाम्रो सेवा शुल्क फिर्ता गर्छौं। तर कार्यालयले थप कागजात माग्दा, नाम अस्वीकृत गर्दा वा नीति फेरिँदा त्यो हाम्रो नियन्त्रणमा हुँदैन — त्यस्तो अवस्थामा पनि आवश्यक परिमार्जन नि:शुल्क गरिदिन्छौं।
कागज सेवा कानुनी फर्म हो?
होइन। हामी अधिवक्ता होइनौं र कानुनी सल्लाह दिँदैनौं। हामी तपाईंले दिनुभएको विवरणका आधारमा प्रचलित ढाँचामा कागजात तयार पार्छौं। विवाद, अदालती विषय वा जटिल कानुनी प्रश्न भएमा इजाजतप्राप्त अधिवक्तासँग परामर्श गर्नुहोस् — त्यस्तो अवस्थामा हामी स्पष्ट भन्छौं।
कागज सेवाले सरकारी कार्यालयमा मेरो तर्फबाट कागजात पेस गर्छ?
गर्दैन। हामी कागजात तयार गर्छौं; हस्ताक्षर, छाप र पेस गर्ने काम तपाईं वा तपाईंले अख्तियार दिनुभएको व्यक्तिले गर्नुपर्छ। पेस गर्ने काम तपाईंकै हातमा राख्दा नै मूल्य यति कम राख्न सकिएको हो।
म धेरै कम्पनीको काम हेर्छु। छुट दर छ?
छ। धेरै काम गर्ने परामर्शदाता, लेखापरीक्षक र कानुन व्यवसायीका लागि प्रति-कागजात दरको सट्टा एकमुष्ट मासिक दर, र सबै ग्राहक कम्पनीको म्याद क्यालेन्डर पनि। तपाईं कति कम्पनी हेर्नुहुन्छ भन्नुहोस्, मूल्य भन्छौं।
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer