KagajSewa कागज सेवा
कम्पनी दर्ता लोकप्रिय बहुल शेयरधनी

बहुल शेयरधनी कम्पनी दर्ता

Multiple Shareholder Company Registration

दुई वा सोभन्दा बढी शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी दर्ताका लागि सम्पूर्ण कागजात।

शेयरधनी प्रकार

तपाईंको कम्पनीमा एक जना मात्र शेयरधनी हुनुहुन्छ भने यो होइन — एकल शेयरधनी कम्पनी दर्ता

यो सेवा कसका लागि

दुई वा बढी व्यक्ति मिलेर कम्पनी खोल्दै हुनुहुन्छ र शेयर बाँडफाँड फरक-फरक हुन्छ भने यो सेवा तपाईंका लागि हो।

यसमा के-के समावेश छ

  • प्रबन्धपत्र (MOA) — व्यवसायको उद्देश्य अनुसार
  • नियमावली (AOA) — बहुल शेयरधनी संरचनाअनुसार
  • CAMIS मा पेस गर्ने कम्पनी दर्ता निवेदन
  • प्रत्येक शेयरधनीको शेयर बाँडफाँड विवरण
  • सञ्चालक नियुक्ति सहितको प्रारम्भिक माइन्युट
  • सर्वसम्मत सहमति पत्र (आवश्यक परे)

तपाईंले दिनुपर्ने विवरण

  • प्रस्तावित कम्पनीको नाम (३ वटा विकल्प भए राम्रो)
  • व्यवसायको मुख्य उद्देश्य
  • प्रत्येक शेयरधनीको नाम, नागरिकता प्रतिलिपि, ठेगाना र सम्पर्क
  • कसले कति प्रतिशत वा कति कित्ता शेयर लिने
  • को-को सञ्चालक हुने
  • अधिकृत तथा जारी पूँजी
  • कम्पनीको दर्ता ठेगाना

तपाईंले पाउनुहुने

  • सम्पादन गर्न मिल्ने Word फाइल
  • छाप्न तयार PDF
  • कुन कागजातमा कसले हस्ताक्षर गर्ने भन्ने स्पष्ट सूची

महत्त्वपूर्ण जानकारी

  • यो मूल्यमा सरकारी दस्तुर समावेश छैन। सरकारी दस्तुर अधिकृत पूँजीअनुसार फरक पर्छ।
  • शेयरधनी संख्या धेरै भएमा वा शेयर संरचना जटिल भएमा मूल्य केही बढ्न सक्छ। अगाडि नै भन्छौं।
  • नाम आरक्षण CAMIS मा तपाईंले आफैं गर्नुपर्छ।

यस सेवाबारे प्रश्नोत्तर

शेयर बाँडफाँड कसरी तय गर्ने?

शेयरधनीहरू आपसमा सहमत भएर तय गर्नुहुन्छ — प्रतिशतमा वा कित्तामा। तपाईंहरूले जे भन्नुहुन्छ त्यही अनुसार कागजात बन्छ। कसरी बाँड्ने भन्ने व्यावसायिक निर्णय हो र त्यसमा हामी सल्लाह दिँदैनौं।

सबै शेयरधनी काठमाडौंमा हुनुपर्छ?

हुनु पर्दैन। कागजात तयार गर्न हामीलाई विवरण मात्र चाहिन्छ। हस्ताक्षर र पेस गर्ने काम भने शेयरधनी वा निजको अख्तियारप्राप्त व्यक्तिले गर्नुपर्छ।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्