KagajSewa कागज सेवा
कम्पनी अद्यावधिक लोकप्रिय बहुल शेयरधनी

वार्षिक अद्यावधिक — बहुल शेयरधनी

Annual Company Update — Multiple Shareholder

दुई वा बढी शेयरधनी भएको कम्पनीको वार्षिक अद्यावधिकका लागि सम्पूर्ण कागजात।

शेयरधनी प्रकार

तपाईंको कम्पनीमा एक जना मात्र शेयरधनी हुनुहुन्छ भने यो होइन — वार्षिक अद्यावधिक — एकल शेयरधनी

यो सेवा कसका लागि

तपाईंको कम्पनीमा दुई वा बढी शेयरधनी हुनुहुन्छ र वार्षिक विवरण पेस गर्नुपर्ने भएको छ।

यसमा के-के समावेश छ

  • सञ्चालक समितिको बैठकको माइन्युट
  • वार्षिक साधारण सभाको माइन्युट (उपस्थिति सहित)
  • दफा ५१ बमोजिम शेयर, ऋणपत्र र ऋणको लगत
  • दफा ९२ बमोजिम सञ्चालकको विवरण
  • रजिष्ट्रारको कार्यालयमा पेस गर्ने निवेदन

तपाईंले दिनुपर्ने विवरण

  • कम्पनीको नाम र दर्ता नम्बर
  • स्थायी लेखा नम्बर (PAN)
  • कुन आर्थिक वर्षको अद्यावधिक हो
  • सबै शेयरधनीको नाम र हालको शेयर संख्या
  • सञ्चालकहरूको नाम
  • लेखापरीक्षकको नाम र दर्ता नम्बर

तपाईंले पाउनुहुने

  • पाँचवटै कागजात Word र PDF दुवैमा
  • कसले कहाँ हस्ताक्षर गर्ने भनी चिन्ह लगाइएको प्रति

महत्त्वपूर्ण जानकारी

  • ढिलो भएमा लाग्ने जरिवाना यो मूल्यमा समावेश छैन।
  • शेयरधनी संख्या धेरै भएमा मूल्य केही बढ्न सक्छ।
  • लेखापरीक्षण प्रतिवेदन तपाईंको लेखापरीक्षकबाट आउनुपर्छ।

यस सेवाबारे प्रश्नोत्तर

सबै शेयरधनी साधारण सभामा उपस्थित हुनुपर्छ?

नियमावलीमा तोकिएको गणपूरक संख्या पुग्नुपर्छ। उपस्थित हुन नसक्नेले प्रतिनिधि (प्रोक्सी) पठाउन सक्छन्। माइन्युटमा को उपस्थित थिए भन्ने उल्लेख हुन्छ, त्यसैले हामीलाई सही विवरण दिनुहोस्।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्