फिर्ता नीति
कहिले फिर्ता हुन्छ
- हामीले तयार पारेको कागजात ढाँचा वा लेखाइको त्रुटिका कारण कार्यालयबाट फिर्ता भएमा — नि:शुल्क सच्याउँछौं र सेवा शुल्क पूरै फिर्ता गर्छौं
- तपाईंले दिनुभएको विवरण सही हुँदाहुँदै हामीले गलत कागजात तयार पारेमा
- काम सुरु हुनुअघि नै तपाईंले रद्द गर्नुभएमा
कहिले फिर्ता हुँदैन
- कार्यालयले नाम अस्वीकृत गरेमा वा थप कागजात मागेमा — यो हाम्रो नियन्त्रणबाहिरको विषय हो, तर आवश्यक परिमार्जन नि:शुल्क गरिदिन्छौं
- तपाईंले दिनुभएको विवरण गलत वा अपूर्ण भएका कारण कागजात फिर्ता भएमा — सच्याउने काम भने गरिदिन्छौं
- सरकारी दस्तुर, जरिवाना वा कर — ती हामीले लिएकै हुँदैनौं
- कागजात बुझाइसकेपछि तपाईंले विचार बदल्नुभएमा
कसरी माग्ने
जुन माध्यमबाट अर्डर गर्नुभएको थियो त्यही माध्यमबाट सम्पर्क गर्नुहोस्। के भयो भन्ने बताउनुहोस् र कार्यालयले फिर्ता गरेको भए त्यसको कारण देखिने प्रमाण भए पठाउनुहोस्। फिर्ता स्वीकृत भएमा उही माध्यमबाट रकम फिर्ता गरिन्छ।
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer