KagajSewa कागज सेवा
कम्पनी अद्यावधिक लोकप्रिय एकल शेयरधनी

वार्षिक अद्यावधिक — एकल शेयरधनी

Annual Company Update — Single Shareholder

एकल शेयरधनी कम्पनीको वार्षिक अद्यावधिकका लागि आवश्यक सम्पूर्ण कागजात एउटै प्याकेजमा।

शेयरधनी प्रकार

तपाईंको कम्पनीमा दुई वा बढी शेयरधनी हुनुहुन्छ भने यो होइन — वार्षिक अद्यावधिक — बहुल शेयरधनी

यो सेवा कसका लागि

तपाईंको कम्पनीमा एक जना मात्र शेयरधनी हुनुहुन्छ र कम्पनी रजिष्ट्रारको कार्यालयमा वार्षिक विवरण पेस गर्नुपर्ने भएको छ।

यसमा के-के समावेश छ

  • सञ्चालक समितिको बैठकको माइन्युट
  • वार्षिक साधारण सभाको माइन्युट
  • दफा ५१ बमोजिम शेयर, ऋणपत्र र ऋणको लगत
  • दफा ९२ बमोजिम सञ्चालकको विवरण
  • रजिष्ट्रारको कार्यालयमा पेस गर्ने निवेदन

तपाईंले दिनुपर्ने विवरण

  • कम्पनीको नाम र दर्ता नम्बर
  • स्थायी लेखा नम्बर (PAN)
  • कुन आर्थिक वर्षको अद्यावधिक हो
  • लेखापरीक्षकको नाम र दर्ता नम्बर
  • गत वर्षको अद्यावधिक कागजात भए त्यसको फोटो

तपाईंले पाउनुहुने

  • पाँचवटै कागजात Word र PDF दुवैमा
  • हस्ताक्षर र छाप कहाँ लगाउने भनी चिन्ह लगाइएको प्रति

महत्त्वपूर्ण जानकारी

  • ढिलो भएमा लाग्ने जरिवाना कार्यालयले तय गर्छ र त्यो यो मूल्यमा समावेश छैन।
  • लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरण तपाईंको लेखापरीक्षकले तयार गर्नुपर्छ — हामी त्यो बनाउँदैनौं।

यस सेवाबारे प्रश्नोत्तर

एकल शेयरधनी कम्पनीले पनि साधारण सभाको माइन्युट चाहिन्छ?

चाहिन्छ। शेयरधनी एक जना मात्र भए पनि वार्षिक साधारण सभाको निर्णय अभिलेखमा राख्नुपर्छ। ढाँचा भने बहुल शेयरधनी कम्पनीको भन्दा फरक हुन्छ।

हरेक वर्ष गर्नुपर्छ?

पर्छ। दर्ता भएको कम्पनीले प्रत्येक आर्थिक वर्षको अन्त्यपछि तोकिएको अवधिभित्र अद्यावधिक विवरण पेस गर्नुपर्छ। म्याद नाघे जरिवाना लाग्छ।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 98XX-XXXXXX
इमेल
368shahpiyush@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्